सोलुको टाक्सिन्दुका टासि सफल अन्तरिक्ष उडान टोलीमा

  हिमाल समाचार
3.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुको टाक्सिन्दुमा जन्मिएका टासि छ्योग्याल शेर्पाले अन्तरिक्षसम्म पुग्ने यान निर्माण समुहमा सहभागी बनेर सफलता हात पारेका छन् ।

अमेरिकाको गल्याक्टिक अन्तरिक्ष यात्राको सफल ब्यवशायीक उडान भर्ने भर्जिन एयरको समुहमा रहेर सोलुखुम्बुका शेर्पाले यान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । शेर्पा सहितको समुहले निर्माण गरेको यानले अन्तरिक्षको सफल उडान भरेको हो ।

उक्त एयरका संस्थापक सर रिचर्ड ब्रान्सनको नेतृत्वमा अन्तरिक्ष यात्रा सफल भएपछि नेपाली शेर्पाको सफलताले प्रशंसा पाएका हो । त्यहाँ रहेका नेपालीहरुले सोलुखुम्बु जस्तो विकट ठाउँमा जन्मेर प्रविधिको क्षेत्रमा विश्वमै स्थापित हुने काम गरेको भन्दै टासि छ्योग्यालको प्रशंसा गरेका छन् ।

आमासंग टासी

सोलुदुधकुण्ड १ टाक्सिन्दुका शेर्पाले विद्यार्थी भिसामा अमेरिका गई विचिता विश्वविद्यालयबाट ईन्जिनियरिङ गरेका हुन् । सानै देखि विज्ञान प्रविधिमा उत्सुक उनले यो कार्यसँगै शेर्पा समुदायलाई नयाँ चिनारी दिएका छन् ।

शेर्पाहरुको हिमालसँग मात्रै प्रगाढ सम्बन्ध रहेका बेला टासि जस्ता जुझारु शेर्पाहरुको बहुआयामिकताले सिंगो समुदायले गर्व गर्ने अवस्था सृजना भएको टाक्सिन्दुका पर्यटन व्यवसायी कर्मा शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार