नेपाली कांङ्ग्रेस सोलुखुम्बुको सभापतिमा प्रकाश सिंहको दाबेदारी, भन्छन, ‘गतिशिल पार्टी बनाउने सामर्थ्य छ’

  हिमाल समाचार  702 पटक हेरिएको

सोलुखुम्बु – नेपाली कांङ्ग्रेसको आसन्न १४ औँ महाधिबेशनमा सोलुखुम्बुको जिल्ला सभापतिका लागि नेता प्रकाश सिंह कार्कीले दाबेदारी प्रस्तुत गरेका छन ।

हिमाल एफ.एम.संगको विशेष सम्बादमा कांङ्ग्रेसको उद्योग तथा व्यापार विभागका सदस्य समेत रहेका नेता कार्कीले कांङ्ग्रेस सोलुलाइ गति दिने सामर्थ्य र दृष्टिकोण आफुसँग भएको भन्दै आगामी निर्वाचनमा सभापति पदको लागि योग्य उम्मेदवार भएको दाबी गरे ।

काठमाडौंमा सबै पालिकाका नेता तथा कार्यकर्ताको भेला गरेका नेता कार्कीले सबै क्रियाशिल सदस्यहरुको भावना अनुसार अगाडि बढ्ने बताए । २०४६ सालदेखि नै आफू सक्रिय राजनितिमा रहेको भन्दै नेता कार्कीले आफू टुरिष्ट नेता नभइ अब पूर्णकालिन राजनैतिक कार्यकर्ता भएको बताए ।

पैसाको आडमा राजनीति गर्नु हुन्छ भन्ने आरोप छ नि ? भन्ने प्रश्नमा नेता कार्कीले भने, ‘पैसा विना केही सम्भव छैन, राजनीतिमा हरेक कुरा चाहिन्छ, त्यस मध्ये पैसा पनि प्रमुख कुरा हो ।’ तर पैसा बाँडेर राजनिति हुन्छ भन्ने कुरामा विश्वास नराख्ने बताए ।

पूरा अन्तर्वाताको लागि तलको भिडियो हेर्नू होला ।

भिडियो हेर्न क्लिक गर्न नभुल्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार