सोलुमा पहिलो डोज कोभिशिल्ड लगाएका ९ हजारले दोस्रो डोज पाएनन्

  हिमाल समाचार
217 Shares

सोलुुखम्बु – सोलुखुम्बुमा पहिलो डोज कोभिशिल्ड खोप लगाएका ९ हजारले दोस्रो डोज खोप पाउन सकेका छैनन् । जिल्लामा गत माघ यता कोभिशिल्ड खोप लगाएका ९ हजार जनाले दोस्रोे डोज अझै पाउन नसकेका हुन् ।

२०७७ माघ यता कोभिशिल्ड खोप लगाएका उनीहरुले दोस्रो डोज अझै पाउन नसकेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी रामनारायण शाहले जानकारी दिए । शाहका अनुसार जिल्लामा अहिले सम्म २४ सयले कोभिशिल्डको पुर्ण डोज र १४ सयले भेरोसेलको पुर्ण गरि ३ हजार ८ सय नागरिकले मात्रै खोपको पुर्ण डोज पाएका हुन् ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोप लगाएका करिब ४ हजार भन्दा बढिलाई पनि दोस्रो डोज खोप मगाउने तयारी भएको छ । अब एक हप्ता भित्रमा जोनसन एण्ड जोनसन खोप र भेरोसेल गरि करिब ८ हजार डोज खोप पहिलो मात्राका लागि ल्याईने तयारी भएको छ ।

५४ वर्ष माथिकालाई जोनेन एण्ड जोनसेन र ५० देखि ५४ वर्ष उमेरका लागि भेरोसेल लगाउने तयारी भएको छ । यस अघि छुटपुट भएका फ्रन्टलाईनर, यातायात व्यवसायि, चालक, शिक्षक लगायतलाई खोप लगाईने छ ।

जोनसन एण्ड जोनसन खोप एक डोज मात्रै लगाएपनि हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार