सगरमाथा कालापत्थरमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण

  हिमाल समाचार
0 Shares

काठमाडौँ-‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण सेप्टेम्बर २२ मा आयोजना हुने भएको छ । विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो आगामी असोज ६ गते (२२ सेप्टेम्बर २०२१) मा सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ ।

आयोजक के फिल्म्स प्रालिले पत्रकार सम्मेलन गरी आगामी माउण्ट एभरेष्ट फेसन रनवेको दोश्रो सिजनको घोषणा गरेको हो ।

कार्यक्रममा स्वदेशी एवं विदेशी १४ मोडलले नेपाली डिजाइनर रमिला नेमकुलले नेपाली कच्चा वस्तु प्रयोग गरी वातावरण अनुकूल रेशम किरा नमारी उत्पादन गरिएको सिल्कबाट बनेको लुगा डिजाइन गर्नुभएका ड्रेसमा मोडलिङ्ग गर्ने जनाइएको छ ।

करिब २ सय विशिष्ट दर्शकमाझ हुने कार्यक्रम पंकज के गुप्ता, रमिला नेमकुल र रिकेन महर्जनले सञ्चालन गर्ने जनाइएको छ । यो फेसन सो ले नेपाली पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।
के फिल्म्सले आयोजना गर्ने यो फेशन शोमा नन भोइलेन्ट सिल्क प्रयोग गरी उत्पादन भएका सामग्री प्रदर्शन गरिनेछ ।यो कार्यक्रमले पदयात्राका क्रममा वातावरणमैत्री उत्पादनलाई प्रोत्साहन गर्नेछ । पदयात्रामा जाने समूहले पानीबिना प्रयोग गर्न सकिने स्याम्पु, डिटरजेन्टलाई बढावा दिलाउने उद्देश्य राखिएको छ ।

उनीहरुसँगै दुई सय जना दर्शक पनि पदयात्रा गर्दै कालापत्थर पुग्नेछन् । पदयात्रा पूरा गर्न सकेको खण्डमा सहभागीले गिनिज बुकमा नाम समेत लेखाउन सक्नेछन् ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजना हुने यो कार्यक्रममा सोल्टी होटल, ग्लोबल आईएमई बैंक, मि टू फिल्म्स र अन्तर्राष्ट्रिय सेरिकल्चर कमिसनले सहकार्य गरेका छन् । कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ ।

-फाइल फाेटाे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार