राज्यकोषबाट रकम लिएर नेताको उपचार गरिनु गैरकानुनी: गगन थापा

  हिमाल समाचार
70 Shares

काठमाडौं- दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको कांग्रेसकै नेता गगन थापाले विरोध गरेका छन् ।

पूर्वस्वास्थ्य मन्त्री रहिसक्नुभएका कांग्रेस केन्द्रीय सदस्य थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताए । नेता थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको ब ताए ।

मंगलबार प्रधानमन्त्री देउवाले खनाललाई फोन गरेर उपचार खर्च सरकारले ब्यहोर्ने बताएका थिए । नेता थापाले बुधबार सामाजिक सञ्जाल मार्फत २०७४ सालमा बनेको जनस्वास्थ्य ऐन अनुसार उपचार खर्च बेहोर्न नमिल्ने थापाले बताए ।

उक्त कानुन २०७५ असोज २ गतेदेखि लागू भइसकेकाले खर्च बेहोर्न कानूनले नदिने उल्लेख गरे ।
खनालको विदेशमा गरेको उपचारको खर्च सरकारले ब्यहोर्ने भन्ने विषय उठाएर खनालको विषयमा अनावश्यक टिकाटिप्पणी गर्ने वातावरण बनाइएको भन्दै थालपाले असन्तुष्टि व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार