नेपालपक्षीय वैठकमा गएनन भीम रावल

  हिमाल समाचार  79 पटक हेरिएको

काठमाडाैँ- नेकपा (एमाले)का नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकमा उपाध्यक्ष भीम रावल गएका छैनन । रावल यसअघि नेपालनिकट नेता हुन् । एमालेको आन्तरिक विवाद समाधन गर्न गठित कार्यदलमा उनी नेता नेपाल पक्षबाट संयोजक थिए ।

गएको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने दिन उनले सांसद पदबाट राजीनामा दिएका थिए । त्यससँगै नेता नेपालसित उनको सम्बन्ध चिसिएको चर्चा राजनीतिक वृत्तमा चलेको छ । उनको राजीनामा भने अझै स्वीकृत भएको छैन ।
जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बैठक बसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार