स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको नेपाल पक्षकाे जिकिर

  हिमाल समाचार
63 Shares

काठमाडाैँ- नेकपा एमाले माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक बुधबार बानेश्वरमा बसेको छ । वैठकले अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेर एकता प्रक्रियामा भाँजो हाल्ने काम गरेको ठहर गरेको छ।
बैठकपछि उनले पत्रकारहरूसँग कुरा गर्दै रघुजी पन्तले ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सासंदहरूलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधेपछि त्यसलाई माधव नेपाल पक्षले एकता प्रक्रियामा भाँजो हाल्ने काम मात्रै भएको बताएका हुन्। उनले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको बताएका हुन्।

‘स्पष्टीकरण सोध्नुपर्ने विषय नै होइन। एकता वार्ता चलिरहेको छ। उहाँहरूले १० बुँदे प्रस्तावलाई केन्द्रीय कमिटिमा स्वीकार गरिसकेको भन्नुभएको अवस्थामा फेरि स्पष्टिकरण सोध्नु भनेको एकता प्रक्रियामा भाँझो हाल्ने काम हो,’ पन्तले भने, ‘र कुनै प्रकारको उत्तेजक काम कारबाहीले एकतालाई असर पुर्‍याउने नराम्रो प्रभाव कतै पनि पार्न नहुने हाम्रो मान्यता हो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार