गौतम सागर राईको ‘सिमापारी’बजारमा (भिडियो)

  हिमाल समाचार
161 Shares

काठमाण्डौँ – गीतकार, संगीतकार तथा गायक गौतम सागर राईले एक पछि अर्को गीत सार्वजनिक गरेका छन् ।

एक महिना अघि सुरक्षा सेन्चुरीको स्वरमा ‘परदेशीको याद’बजारमा ल्याएका संगीतकार राईले पछिल्लो पटक ‘सिमापारी’सार्वजनिक गरेका छन् । यो पटक भने संगीतकार राईले सुदिता राईको स्वर रेकर्ड गराएका छन् ।

गीतको एरेन्ज मनोज साङ्सोन राईले गरेका छन् भने किङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् । गीतमा सिमापारी रहेका हितैसीको सम्झनामा घरदेशीको विलौना प्रस्तुत गरिएको छ ।

गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ । छ बर्ष देखि अमेरिकाको कोलोराडो शहरमा रहेका संगीतकार राईले आफ्नै गीत संगीतमा तयार भएको गीत गौतम सागर राई अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीत संगीतमा सुस्ताएका राईको ‘परदेशीको याद’बोलको गीत दर्शक स्रोताले मन पराएपछि उनी एक पछि अर्को सृजनाको साथमा बजारमा प्रस्तुत भएका छन् ।

यसअघि बजारमा सार्वजनिक गरिएको गीत ‘नौलो परदेशी’मा संगीत भरेका छन् । उक्त गीत मणीराज बस्नेतले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार