दुई हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

  हिमाल समाचार
56 Shares

काठमाडाैँ- देशभर पछिल्लो समय थप दुई हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार तीन सय ८ जनामा कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ। एक हजार ६ सय ७८ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा चार सय १०,भक्तपुरमा ६९ र ललितपुरमा एक सय ३४ गरी उपत्यकाभित्र कुल ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार