पंकज नेम्वाङले भने अलमुताइरीसँग मेरो प्रत्यक्ष रूपमा भेट भएको छैन

  हिमाल समाचार
98 Shares

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आफ्नो कारणले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको कुरा सुन्दा आश्चर्य लागेको बताएका छन् ।

उनले अलमुताइरीसँग आफ्नो प्रत्यक्ष रूपमा भेट पनि नभएको बताए । पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले म्यासेन्जरबाट मात्र कुरा गरेको र उनलाई काममा बाधा उत्पन्न हुने खालको कुनै कुरा नगरेको जिकिर गरे ।

“मैले प्रशिक्षक अलमुताइरीसँग प्रत्यक्ष भेट गरेको पनि छैन । उनलाई मैले कामको कुरामा कुनै बाधा पुर्‍याएको छैन । मेरै कारण उनले राजीनामा दिएको सुन्दा आश्चर्य लागेको छ,” नेम्वाङले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार