उपेन्द्र यादव र विप्लवबीच भेट

  हिमाल समाचार
84 Shares

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटघाट गरेका छन ।

यादवलाई भेट्न चन्द र पार्टी नेता खड्गबहादुर विश्वकर्मा यादव निवासमा पुगेका थिए । केही दिन लगातार राजनीतिक भेटघाटमा व्यस्त चन्दले आइतबार विहान यादवसँग भेट गरेका हुन ।

यसअघि, चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, डा. बाबुराम भट्टराईसँग भेट गरिसकेका छन ।

यसैगरी, उनले राप्रपाका अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटेर आफ्नो सरोकार राखेका छन ।

अर्ध–भूमिगत भन्दै हिंसात्मक गतिविधिमा लागेका चन्द र उनको पार्टीलाई अघिल्लो सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले आफ्ना नेता–कार्यकर्तामाथि धरपकड बढाउन थालेपछि चन्दले शान्तिपूर्ण राजनीतिमा आउने सहमति गर्दै सरकारसँग सहमति गरेका थिए।

बदलामा सरकारले पक्राउ गरेका चन्दका कार्यकर्तालाई रिहाई गर्ने सहमति गरेपनि पूर्ण रुपमा कार्यान्वयन नगरिएको भन्दै उक्त सहमति पालनाका लागि दबाब दिन पछिल्लो भेटमा चन्दले नेताहरुसँग आग्रह गरीरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार