उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

  हिमाल समाचार
0 Shares

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन ।

प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आइतबार सांसद उमेश श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि, सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत रहीसकेका छन् ।

थुप्रै व्यवसायमा लगानी गरेका श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक तर्फको कोटामा सांसद बनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार