प्रहरी माथि हातपात गर्ने व्यक्ति पक्राउ

  हिमाल समाचार
616 Shares

सोलुुखुम्बु – सोलुखुम्बुमा प्रहरीलाई हात पात गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ ।

साउन ८ गते राति १०ः३० बजेको समयमा पत्ताले बजारमा मादक पदार्थ सेवन गरि प्रहरी चौकी केरुङमा कार्यरत प्रहरी जवान सुजनकुमार थापालाई हातपात गर्ने सोलुदुधकुण्ड नगरपालिका ८ का २५ वर्षिय पेम्बा शेर्पालाई पक्राउ गरिएको हो ।

पत्ताले बजारमा झैझगडा भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । सोही क्रममा पेम्बाले प्रहरी जवान थापालाई हातपात गरेका थिए । शेर्पालाई नियन्त्रणमा लिई अभद्र व्यवहार मुद्धा दर्ता गरि ७ दिनको म्याद थप गरिएको छ ।

आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार