अरुका नाममा डिम्याट खाता खोलेर कारोबार गर्नु गैरकानुनी

  हिमाल समाचार
7 Shares

काठमाडौं- अरुकै नाममा आइपिओ भरेर नाफा लिने प्रवृत्ति हटाउन सिडिएस एण्ड क्लियरिङले नयाँ सफ्टवेयरको विकास गर्दैछ।नयाँ सफ्टवेयर विकासका लागि परेको टेन्डर आह्वानमा ३ वटा कम्पनी ‘सर्टलिस्ट’मा परेका छन्।

एक व्यक्तिले दुईभन्दा बढी यस्तो खाता खोल्न नपाइने व्यवस्था छ। करिब १ लाख ७० हजारले मात्रै दुई वटा खाता खोलेको सिडिएससीको तथ्यांक छ।

अरुका नाममा त्यसरी डिम्याट खाता खोलेर कारोबार गर्नेलाई बैंकिङ कसुरअन्तर्गत कारबाही पनि हुन्छ। डिम्याट खाता खोलिसकेपछि घरमै बसेर अनलाइनमार्फत आइपिओ भर्न सकिन्छ।

सिडिएससीका अनुसार हालसम्म ३७ लाख ६७ हजारको डिम्याट खाता खुलेको छ। तर केही खाता नवीकरण नै नभएको अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार