सोलुमा निषेधाज्ञा थप

  हिमाल समाचार  411 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुमा साउन २५ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याईएको छ ।

आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले १५ दिन निषेधाज्ञा थप गरेको हो । सो समयावधिमा जिल्ला भित्रका क्याम्पस तथा विद्यालयहरु सञ्चालन तथा पठनपाठन गर्न रोक लगाईएको छ ।

त्यस्तै, सबै प्रकारका भेला, प्रशिक्षण, तालिम गोष्ठि, पुजापाठ, मेला, महोत्सव, जात्रा, पर्व, खेलकुुद लगायतका कार्यक्रम सञ्चालनमा पनि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार व्यूटि पार्लर, शैलुन खोल्न पाईनेछ भने हाटबजारमा स्थानिय उत्पादन मात्र विक्रिका लागि खुला गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार