क्रियाशील सदस्यता छानबिन समितिले बुझायाे प्रतिवेदन

काठमाडौं- नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।जसमध्ये नयाँ ४ लाख ४३ हजार ६७८ जनाले क्रियाशील सदस्यत पाए भने पुराना ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन् ।

१४ औं महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले पार्टीलाई विवरण बुझाएको छ ।१३ पृष्ठ लामो प्रतिवेदनमा विवादित जिल्लाहरुको अवस्था, त्यसलाई गरिएको समाधान, विवाद समाधान हुन नसकेको जिल्लाको समग्र अवस्थाबारे उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार