सोलुमा कुफ्रि जातको आलु बालीको परीक्षण अध्ययन

  हिमाल समाचार
630 Shares

सोलुखुम्बु – परम्परागत तवरले गर्दै आएको कृषि प्रणालीमा सुधार ल्याउने उदेश्यले गार्मामा जिल्लामै पहिलो पटक आलु बालीको परीक्षण अध्ययन गरिएको छ ।

नेपालको कृषि क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएको कर्मा ग्रुप अफ कम्पनी र प्राविधिक धार अन्तरगतको कृषि बाली विज्ञान अध्ययन गराउदै आएको गार्मा मावि गार्माको सहकार्यमा आलु बालीको परिक्षण अध्ययन गरिएको हो । गत फागुनमा मकै र तरकारी बाली रोपिएको थियो ।

सोलुखुम्बुको हावापानीमा सुहाउँदो खेति गरि थोरै लागत र जमिनमा अधिकतम कृषि उपज उत्पादन गरि आर्थिक अवस्था सुधारमा समुदायलाई टेवा पुगोस भन्ने हेतुले परीक्षण थालिएको बाली मध्य मलखाद व्यस्थापन र आलुको खेतिको बारेमा प्रारम्भिक अध्ययन गरिएको विद्यालयका प्रध्यानाध्यापक विनोद सिंह तामाङले जानकारी दिए ।

परम्परागत खेति प्रणाली र आएको कर्मा ग्रुप अफ कम्पनीले अवलम्बन गरेको आधुनिक खेति प्रणाली बिचमा तुलना गरिएको छ । अध्ययनको प्रारम्भिक नतिजा अनुसार जिल्लामा कुफ्रि जातको आलु वातावरण सुहाउदो रहेको छ ।

उत्पादन र मलको हिसाबले हेर्दा परिमाणत्मक रुपमा कुफ्रि जातको आलु उत्पादन भएको पाईएको विद्यालयका कृषि शिक्षक सुजन विष्टले बताए । कर्मा गुप्र अफ कम्पनीको खेति प्रणाली र स्थानिय खेति प्रणालीमा छुट्टाछुट्टै ६ जातको आलु बिच तुलना गरिएको छ भने डेमोको रुपमा मात्रै १० जातको आलुको परीक्षण गरिएको छ ।

बाली परीक्षणबारे सिक्न पाउँदा विद्यार्थी पनि उत्साहित बनेका छन् । विद्यार्थी अशोक कुलुङले गाउँघरमा गर्ने खेति र नयाँ प्रविधिबारे धेरै भिन्नता रहेको बताए ।

हिमाली क्षेत्रमा गरिने खेतिको परीक्षण, माटो परीक्षण र अनुसन्धान थालिएको अनुसन्धानका पहलकर्ता तथा गार्मा माविका व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार