विद्युतको परीक्षण सफल, कुईभिरका सय घर उज्यालो बन्दै

  हिमाल समाचार
2.1k Shares

ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिका १ कुइभिरका एक सय परिवार विद्युतको पहूँचमा पुग्ने भएको छ ।

गत आर्थिक बर्षमा गाउँपालिकाले विनियोजन गरेको ६० लाख बजेटबाट एक सय परिवारमा विद्युत बल्ने भएको हो ।

आज गाउँपालिका अध्यक्ष निशान्त शर्मा, पालिका प्रवक्ता एव वडा नं १ अध्यक्ष उसक कटुवाल सहित प्राविधिकको टोलिले गरेको विद्युत परीक्षण सफल भएको र केही दिनमा नै सर्वसाधारणको घरमा विद्युत वितरण गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार