सङ्क्रमण रोक्न नसकेको आरोपमा थप २० अधिकारीमाथि कारबाही

काठमाडौं- चीनले कोभिड–१९ को सङ्क्रमण रोक्न पर्याप्त प्रयास नगरेको भन्दै थप २० जना अधिकारीलाई कारबाही गरेको छ । यसअघि ४७ अधिकारीहरुमाथि कारबाही गरिएको थियो ।
गुआङ्गझाउ शहरले बिहीबार २० जना अधिकारीमाथि कारबाही गरिएको जनाएको छ ।

कोभिड १९ को सङ्क्रमण रोक्न पर्याप्त कसरत नगरी नजरअन्दाज गरेको उनीहरुमाथि आरोप लगाइएको छ । शहरका स्वास्थ्य आयोगका निर्देशक र जिल्ला स्तरीय प्रमुखहरुमाथि कारबाही गरिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

अघिल्लो साता समेत चीनले ४७ जना अधिकारीमाथि कारबाही गरेको थियो । जसमा झ्याङ्गसु प्रान्तको नाञ्जिङ्ग विमानस्थल, अस्पताल र स्वास्थ्य आयोगका कर्मचारी छन् । केही अधिकारीलाई नियन्त्रणमा राखिएको तथा केहीलाई जरिवाना र निलम्बन गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार