हिमाल एफ.एम.ले ग¥यो ५ रेकर्ड होल्डरलाई सम्मान (फोटो फिचर)

काठमाण्डौँ – विश्वकै उच्च स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोबाट गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल ५ जना नेपाली सम्मानित भएका छन् ।

हिमाल एफ.एम.को आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा काठमाण्डौँमा आयोजित एक कार्यक्रममा पुष्कर नेपाल, सन्च बहादुर राई, राजन खरेल, लक्ष्मण कार्की र पावल राई सम्मानित भएका हुन् । रेकर्ड होल्डरलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र हिमाल एफ.एम.का अध्यक्ष निमा शेर्पाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

नेपाल यस अघि ३ पटक विभिन्न विधामा गिनिज बुकमा नाम लेखाइसकेका व्यक्ति हुन् । सन्च एक पर्यटन व्यवसायी हुन् भने प्रोजेक्टका योजनाकार तथा व्यवस्थापक हुन् । खरेल मिडियाकर्मी हुन् भने पावल कुशल बाँसुरी बाधक हुन् । लक्ष्मण पनि पर्यटन व्यवसायी हुन् । रेकर्ड होल्डरसंगै भिडियो छायांकनमा सहभागी गायिका, मोडल, गीतकार, संगीतकार, एरेन्जर, निर्देशक, रेकडिष्ट, सम्पादक, प्राविधिक लगायतलाई सम्मान गरिएको छ ।

समुन्द्री सतह देखि ४,८१३ मिटरको उचाईमा अवस्थित ‘गोक्यो रि’मा लाईभ अडियो रेकर्ड तथा भिडियो छायांकन गरि नेपालको तर्फबाट वल्र्ड रेकर्ड कायम गरिएको हो । ‘गोक्यो रि’सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्दछ ।

कस्ले के भने ?
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अद्धितिय काम गरि रेकर्ड होल्ड गरेकोमा नेपाली टिमलाई बधाई दिए । पर्यटन प्रर्वद्धन समेत हुने गरि विश्वकैै उच्च भूगोलमा पुगेर किर्तिमानी कायम गर्न चानचुने विषय नभएको भन्दै उपराष्ट्रपति झाले गिनिज बुकको रेकर्डले नेपाल र नेपालीको शान उच्च बनाएको बताए ।

उनले भने, ‘तपाईहरुको कामले मैले पनि गौरब महसुस गरेको छु ।’ उनले गिनिज बुकमा नाम लेखाउने नेपालीहरुको माध्यमबाट नै नेपालको नाम अन्तराष्ट्रिय स्तरमा परिचित भएको भन्दै गौरब र सौभाग्यको कुरा भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तथा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राम्रो काम गर्नेलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताए । कला तथा संस्कृतिकै कारण अन्र्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाएको दावी गर्दै उनले गौरबपुर्ण का मगर्ने व्यक्तिलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए ।

प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले गीत संगित मार्फत नै गिनिज बुकमा नाम लेखाउदै पर्यटन प्रर्वद्धनमा टेवा पुर्याएकोमा बधाई दिए । त्यस्तै, हिमाल एफ.एम.का सल्लाहकार तथा राजनितिज्ञ आङगेलु शेर्पाले रेकर्ड होल्डरको उपलब्धि राष्ट्रकै उपलब्धि भएको बताए । उनले यो उत्साहलाई अझ देश र जनताको पक्षमा प्रयोग गर्न रेकर्ड होल्डरलाई आग्रह गरे ।

हिमाल एफ.एम.का सचिव कर्मा शेर्पाले वल्र्ड रेकर्डलाई आधार बनाएर पर्यटन प्रवद्र्धनमा योगदान गर्न आग्रह गरे । उनले भने, ‘अब नेपालमा पर्यटक बोलाउनुहोस् । पर्यटन क्षेत्र कोरोना कारण शिथिल बनेको छ । पर्यटन क्षेत्र चलायमान बनाउन तपाईको सक्रियता बढोस् ।’

त्यस्तै, चौथो पटक गिनिज बुकमा नाम लेखाउन सफल पुष्कर नेपालले रेकर्डले व्यक्तिसंगै पर्यटनर नेपाली संगीतको टेवाका लागि उच्च स्थानमा पुगेर रेकर्ड बनाएको बताए । उनले भने, ‘२०२० नोभेम्बर ७ मा ‘गोक्यो रिमा पुगेर भिडियो छायांकन गरेका थियौँ । यो रेकर्ड कायम गर्नका लागि सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ।’ रेकर्ड होल्डर ५ जना भएपनि अन्य सहभागीको पनि यो सफलता भएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार