आइभोरी कोस्टमा २७ बर्षपछि इबोलाकाे नयाँ केस

  हिमाल समाचार
84 Shares

काठमाडाैँ- आइभोरी कोस्टकी एक १८ वर्षीया किशोरीमा इबोला भाइरसको संक्रमण देखिएपछि गिनीमा सतर्कता अपनाइएको छ। ती किशोरीले आइभोरी कोस्ट हुँदै गिनीको लाबेसम्म यात्रा गरेकी थिइन्।आइभोरी कोस्टमा सन् १९९४ पछि पहिलोपटक नयाँ केस देखिएको हो।

इबोलालाई प्राणघातक भाइरसका रुपमा वर्गिकरण गरिएको छ। इबोला संक्रमितमा अत्याधिक ज्वरो देखिनुका साथै लगातार रक्तस्राव हुने गर्छ। यो भाइरस ‘क्लोज कन्ट्याट’ बाट सर्ने गर्छ।

संयुक्त राष्ट्रसंघले गिनीमा इबोला संक्रमणको दोस्रो लहर अन्त्य भएको घोषणा गरेको दुई महिनापछि आइभोरी कोस्टमा संक्रमण देखिएको हो। गिनीमा इबोलाको दोस्रो ‘आउटब्रेक’पछि १२ जनाको मृत्यु भएको थियो।सन् २०१३ देखि २०१६ मा भएको इबोला ‘आउटब्रेक’ का कारण पूर्वी अफ्रिकाका ११ हजार ३०० जनाको मृत्यु भएको थियो। गिनीमा मात्रै २ हजार ३०० जनाको मृत्यु भएको थियो।

गिनीका अधिकारीहरुले संक्रमण देखिएकी किशोरीसँग सम्पर्कमा आएका ५८ जनालाई पहिचान गरेको बताएका छन्। हाल ती सबैजनालाई उनीहरुकै घरभित्र आइसोलेट गरिएको छ। उनीहरुलाई संक्रमणको कुनै लक्षण भने देखिएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार