मेलिना र निशानको गीतमा अन्जली र विजय (भिडियो)

  हिमाल समाचार
154 Shares

काठमाण्डौँ – मकाउमा रहेका संगीतकार सन्जिव कोयी राईले ‘सल्लाघारीमा’बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । सन्जिव कोयी राईको गीतमा दिलिप कोयी राईले संगीत गरेका छन् । संगीत संयोजन राजु कार्कीले गरेका छन् ।

अन्जली अधिकारी र विजय पुनको मुख्य अभिजय रहेको भिडियोको निर्देशन र कोरियोग्राफर आशिष राईले गरेका हुन् । भिडियोको छायांकन दुर्गा बान्तावा राई, सह–छायांकनमा मनोज राईल गरेका हुन् ।

गीतकार राईका अनुसार गीतको भिडियो निर्माणमा मकाउमा रहेको नेपाली आबद्ध संस्थाहरुले सहयोग गरेको छ ।

गीतलाई सन्जिव राईको अफिसयल यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतकार राई लामो समय देखि मकाउमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार