गिनिज रेकर्ड होल्डर मेरा पिक आरोहण टोलीलाई एनएमएको झण्डा हस्तान्तरण

  हिमाल समाचार
413 Shares

काठमाण्डौँ – ६४७६ मिटरको उचाईमा अवस्थित मेरा पिक आरोहण टोलीलाई नेपाल पर्वतारोहण संघ (एनएमए)ले झण्डा हस्तान्तरण गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि एनएमएका अध्यक्ष शान्तवीर लामाले गिनिज बुक रेकर्ड होल्डर मेरा पिक आरोहण टोलीका टिम लिडर सन्च खालिङलाई झण्डा हस्तान्तरण गरे ।

सोही कार्यक्रममा मेरा पिक आरोहण टोलीलाई सफल आरोहणको शुभकामना दिदै विदाई समेत गरिएको छ । एनएमए अध्यक्ष तामाङ, उपाध्यक्ष माया शेर्पा, महासचिव कुल बहादुर गुरुङ, सचिव टिकाराम गुरुङ, बोर्ड सदस्य सन्जिब गुरुङले टोलीका ११ सदस्यलाई एनएमएको लोगो अंकित खादा ओढाएर आरोहण सफलताको शुभकामना दिए ।

उक्त कार्यक्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती पनि उपस्थित थिए । किराँतीले नेतृत्व गरेको गाउँपालिका क्षेत्रमा पर्ने मेरा पिक आरोहणको तयारीले आफूलाई खुसी लागेको उनले बताए । उनले भने, ‘रेकर्ड होल्डर, कलाकार, पत्रकारको टोलीको मेरा पिक आरोहणले त्यस क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा लिएको छु ।’

मेरा पिक आरोहण टोलीमा विभिन्न विधामा ४ पटकसम्म गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल पुष्कर नेपाल, विश्वकै उच्च स्थानमा भिडियो छायांकन गरेर रेकर्ड होल्डर बनेका सन्च खालिङ, लक्ष्मण कार्की, वातावरणविद् अमिर थापा, पत्रकार शिखर जंग श्रेष्ठ (गजरकोटे), गायक तथा संगीतकार टेक नाछिरिङ, निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), दोहोरी गायिका माया गुरुङ, नृत्यांगना सृजना किराँती लगायत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार