खुम्बुमा पर्यटकको चहलपहल सुरु

  हिमाल समाचार
1.2k Shares

सोलुखुम्बु – खुम्बुमा पर्यटन चहलपहल सुरु भएको छ । शरद ऋतुमा खुम्बु भ्रमण तथा पिक आरोहणका लागि पर्यटक आउँन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए ।

मौसम प्रतिकुल हूँदा दुई हप्ता तेन्जिङ हिलारी विमानस्थलमा उडान बन्द भएको थियो । क्रमिक रुपमा मौसममा सुधार आई काठमाण्डौ उडान हुन थालेपछि पर्यटक आउन थालेका हुन् ।

मंगलबार छिमेकी मुलुक भारतबाट ४ जना र युएसएका बिहिवार ३ जना गरि यो हप्ता मात्रै ७ जना पर्यटक खुम्बु आएको सगरमाथा राष्ट्रिय निकुञ्जको जोरसल्ले चेकपोष्टले जनाएको छ ।

कोरोना महामारीका कारण पर्यटक आवागमन उच्च नभएपनि शरद ऋतुका लागि फाट्टफुट्ट पर्यटक आउन थालेका हुन् । कोभिडको महामारी विस्तारै कम हुँदै जान थालेपछि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यावलोकन गर्न पर्यटकहरुको आगमन दिन प्रतिदिन बढ्न थालेको संवाददाता ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए ।

त्यस्तै, पर्यटक आउन थालेपछि कोभिडका कारण बन्द रहेका होटल पनि खुल्न थालेका छन् । आरोहण सिजन पछि बन्द भएका लुक्ला नाम्चे तथा पर्यटन पदमार्गमा रहेका होटलहरु पर्यटक आउन थालेपछि खुल्न थालेको संवाददाता शेर्पाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार