यथास्थितिमा पार्टी अगाडी बढ्न सक्दैन् – काँग्रेस नेता शेर्पा

  हिमाल समाचार  1342 पटक हेरिएको

सोलुखुम्बु – नेपाली काँग्रेस सोलुखुम्बुका पुर्व पार्टी सभापति तथा काँग्रेस युवा नेता आङगेलु शेर्पाले यथास्थितिमा काँग्रेस पार्टी चल्न नसक्ने बताएका छन् ।

चौधौँ महाधिबेशनको सन्दर्भमा सोताङ गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा काँग्रेस नेता शेर्पाले नेतृत्वको स्पष्ट दृष्टिकोण तथा कार्यकर्ता संरक्षण गर्न सक्ने क्षमता नभएकै कारण काँग्रेस सबै निर्वाचनमा पराजित भएको भन्दै जिल्ला अधिबेशनबाट आमुल परिवर्तन ल्याउनु पर्ने धारणा राखे ।

गाउँपालिका सभापति गणेश बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेसको राज्य प्रशासन विभागका केन्द्रिय सदस्य तथा प्रदेश सभा ‘क’ का सभापतिका उम्मेद्धार रोशन थुलुङ, महाधिबेशन प्रतिनिधि सरला नाछिरिङ, काँग्रेस प्रचार विभाग प्रमुख नविन थापा, सोलुदुधकुण्ड नगर सभापति दावागेलु पाख्रिन, नेविसंघ उपाध्यक्ष नविन बस्नेत, काँग्रेस नेता कृष्ण कार्की लगायतले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा स्थानीय शिक्षक महासंघका पालिका अध्यक्ष बिजय नाछिरिङले जिल्लाभरबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित शिक्षकहरुका विरुद्धमा आएको उजुरीको प्रतिवाद गर्न सबै सरोकारवाला एकजुट हुनु पर्नेमा जोड दिए । कार्यक्रममा उपस्थित क्षेत्रीय प्रतिनिधिहरुले पार्टीको नेतृत्वमा रुपान्तरण र पुस्तान्तरण सँगसँगै बढाउनु पर्ने कुरामा जोड दिएको नेविसंघ नेता महेश सुन्दासले जानकारी दिए ।

लामो समय बलबाहादुर केसी समुहमा रहेका काँग्रेसका प्रभावशाली युवा नेता नविन थापा, विद्यार्थी नेता नविन बस्नेत लगायत दर्जनौ युवाहरुले विचार समुह परिवर्तन गरि आङगेलु समुहमा खुलेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार