फाप्लु अस्पताल भवनको काम ९० प्रतिशत सकियो

  हिमाल समाचार
1.6k Shares


सोलुखुम्बु –
जिल्ला अस्पताल फाप्लुमा निर्माण गरिएको ३० बेडको अस्पताल भवनको काम ९० प्रतिशत सकिएको छ ।

सहरी बिकास तथा भवन कार्यालयको २२ करोड भ्याट सहितको लागतमा निर्माण गरिएको अस्पताल भवनको काम ९० प्रतिशत सकिएको निर्माण कम्पनिले जनाएको छ । विकोई रौता जेभिले अस्पतालको ९० प्रतिशत काम सकिएको जानकारी गराएको हो । अस्पताल भवनको अहिले रंगरोगनको चलिरहेको छ ।

वायरिङ लगायतका काम सकिएको, पानीको पनि काम सकिएको र दायाँ बाँया सरसफाईको काम चलिरहेको निर्माण कम्पनिका प्रतिनिधि फुर्वा तामाङले जानकारी दिए । अब, ब्लकको काम बाँकि रहेको छ । मंसिर सम्ममा अस्पतालको सम्पुर्ण काम सक्ने तयारी भईरहेको निर्माण कम्पनिले जनाएको छ ।

जिल्लामै पहिलोे सुबिधा सम्पन्न अस्पताल बन्दै गर्दा स्थानिय समेत खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार