ओखलढुंगा आउँदै गरेको जिप मन्थलीमा खस्दा तीन जनाको मृ’त्यु

  हिमाल समाचार
1.6k Shares

सोलुखुम्बु — रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृ’त्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप आज बिहान खुर्कोट–मन्थली सडकखण्डको हात्तीटारमा दु’र्घ’टना हुँदा तीन जनाको मृ’त्यु भएको हो ।

उक्त जिप भीरबाट करिब तीन सय मिटर तल तामाकोशी नदीमा खसेर दु’र्घ’टना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए ।

प्रहरीका अनुसार दु’र्घ’टनामा परी मृत्यु हुनेहरुमा ओखलढुंगा खिजिफलाटे गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् । दुर्घटनामा घाइते भएको लाक्पाका १२ वर्षीय छोरा धावा शेर्पालाई घ’टनास्थलबाट उद्दार गरी थप उपचारका लागि काठमाडौं ढुंगानाले जानकारी दिए । घा’इते बालकको निधार र ओठमा गम्भीर चोट लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार