सोलुमा दुई महिनामा ६१९ सवारी कारबाहीमा

  हिमाल समाचार
196 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा दुई महिनामा ६ सय १९ सवारी कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको साउनमा ३ सय र भदौमा ३१९ वटा सवारी कारबाहीमा परेका हुन् ।

साउनमा ३ सय सवारी कारबाहीबाट २ लाख १ हजार, भदौमा ३१९ सवारी कारबाहीबाट २ लाख १० हजार गरि ४ लाख ११ हजार रुपैया राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण कट्वालले जानकारी दिए । साउन महिनामा प्रहरीले २० वटा ट्रकबाट १३ हजार, १६ वटा ट्रिपरबाट ११ हजार ५ सय, १२२ वटा जिप तथा कारबाट ७३ हजार, ११ वटा ट्याक्टरबाट ६ हजार ५ सय, ११४ वटा मोटरसाईकलबाट ८५ हजार, १७ वटा अटोबाट १२ हजार राजस्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख कट्वालले जानकारी दिए ।

भदौ महिनामा २७ वटा ट्रकबाट १७ हजार ५ सय, ४ वटा ट्रिपरबाट २ हजार, २ वटा बसबाट १ हजार, १०६ वटा कार तथा जिपबाट ६० हजार ५ सय, १३ वटा ट्याक्टरबाट ७ हजार, १४१ वटा मोटरसाईकलबाट १ लाख ३ हजार ५ सय, २६ वटा टेम्पोबाट १८ हजार ५ सय राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।

अधिकांसको सवारी चालक अनुमति पत्र नभएको, ट्राफिक नियम उल्लङघन गरेको, क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको लगायतलाई कारबाही गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार