अध्यक्ष राईले राजिनामा दिएपछि एमाले सोलुको अध्यक्षमा बास्तोला

  हिमाल समाचार  408 पटक हेरिएको

सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी डुफ कुमार बास्तोलाले पाएका छन् । जिल्ला कमिटीको १४ औं पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष राईले उपाध्यक्ष बास्तोलालाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने गर राजिनामा घोषणा गरेका हुन् ।

उपाध्यक्षमा हर्कबहादुर राई, सचिबमा आशकुमार राई ‘शिशिर’ र उपसचिवमा रामकाजी श्रेष्ठलाई चयन गरिएको छ । अध्यक्ष बास्तोला नेचासल्यान गाउँपालिका अध्यक्ष हुन् भने नेकपा विभाजित नहुदै बनेको अध्यक्ष केपी शर्मा ओली पक्षिय कमिटीको पनि अध्यक्ष हुन् ।

सोही समयमा नेकपा सोलुका अध्यक्ष रहेका मानवीरलाई ओली पक्षले विस्तार गरेको केन्द्रीय कमिटीमा सदस्यमा मनोनयन गरेको थियो । बैठकमा नवनियुक्त पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार