लिखुपिकेका नागरिकलाई खुसीको खबर, हिमालयन प्रोजेक्टद्वारा एम्बुलेन्स हस्तान्तरण

  हिमाल समाचार
539 Shares

सोलुखुम्बु – हिमालयन प्रोजेक्ट नेपालले सोलुखुम्बुको लिखुपिके गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिका र हिमालयन प्रोजेक्टको लगानी साझेदारीमा खरिद गरिएको एम्बुलेन्स शनिबार काठमाण्डौँमा आयोजित एक कार्यक्रमका बिच लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतलाई हस्तान्तरण गरिएको छ ।

हिमालयन प्रोजेक्टका संस्थापक तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गाउँपालिका अध्यक्ष बस्नेतलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । आफ्नो कार्यक्षेत्र रहेको लिखुपिकेमा एम्बुलेन्स खरिदमा सहकार्य पाउदा खुसी लागेको हिमालयन प्रोजेक्टका संस्थापक तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले बताए ।

मेयर शेर्पाले लिखुपिके गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास र विस्तारमा काम गर्दै आएको र ती कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । एम्बुलेन्स ग्रहण गर्दै लिखुपिके गाउँपालिका अध्यक्ष बस्नेतले खुसी व्यक्त गरे । नागरिकको सहजताको एम्बुलेन्स खरिदमा साझेदारी गरेकोमा हिमालयन प्रोजेक्ट नेपाललाई धन्यवाद दिए ।

प्राप्त एम्बुलेन्स लिखुपिकेका नागरिकलाई सहज हुने किसिमले दीगो संचालनमा ध्यान दिने बताए । यसअघि लिखुपिकेका नागरिकले एम्बुलेन्स नहुदा विरामी अस्पतालसम्म पु¥याउन सास्ती खेप्नुपरेको र निजी सवारीले लिने भाडाले मार पर्दै आएको गुनासो गर्दै आएका थिए ।

सोही अवसरमा उनले लिखुपिके र सोलुदुधकुण्ड नगरपालिका बिच जोड्ने सडकलाई छिट्टै पुर्णता दिने गरि काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । सल्लेरी–लिखुपिके सडक सञ्जालले नजोडिदा नागरिकहरुले सास्ती खेप्नुपरेको छ ।

आफ्नै जिल्लाको सदरमुकाम आइपुग्न अझै पैदल वा ओखलढुंगा अर्थात रामेछाप, सिन्धुली घुमेर सवारी यात्रा गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार