५ महिनापछि कारागार सोलुमा भेटघाट खुला

  हिमाल समाचार
427 Shares

सोलुखुम्बु – कोरोना महामारीका कारण आफन्त भेटमा रोक लगाईएको जिल्ला कारागार सोलुखुम्बुले ५ महिनापछि बाह्य भेटघाट खुला गरेको छ ।

कोरोनाको दोस्रो भेरियण्टका कारण बैशाख १२ गते देखि बन्द गरिएको कैदी भेटघाटमा आजदेखि खुलाइएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भेट्न पाईने कारागार सोलखुम्बुका प्रमुख प्रशान्त कुशवाहाले जानकारी दिए । हप्ताको ३ दिन शनिबार, सोमबार र बुधबार मात्रै भेटघाटका लागि खुला गरिएको हो ।

प्रति कैदीबन्दी १ जना आफन्त र बढिमा दुई जनालाई भेटघाटका लागि अनुमति दिईने कारागार कार्यालय सोलुखुम्बुले जनाएको छ । भेटघाटका लागि १० मिनेटको समय दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार