खुन्देमा मोतिविन्दुको शल्यक्रिया शिविर हुने

  हिमाल समाचार
308 Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुन्दे अस्पतालमा असोज ९ र १० मा मोतिबिन्दुको शल्यक्रिया शिविर हुने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, खुन्दे अस्पताल, हिमालयन ट्रस्ट नेपाल र खुम्बु पासाङल्हामू गाउँपालिकाको संयुक्त आयोजनामा हुने शिविरमा १३ जना मोतिविन्दुका विरामीको शल्यक्रिया गरिनेछ । शिविरका लागी तिलगंगा आँखा प्रतिष्ठानका डाक्टर रित्ता गुरुङ सहितको टोली खुम्बु पुगिसकेको अस्पताल प्रशासनले जनाएको छ ।

लुक्ला, नाम्चे, थामे र खुन्देमा यसअघि सम्पन्न मोतिविन्दुको स्क्रिनिङ शिविरबाट छनौट गरिएको विरामीको शल्यक्रियाको लागि शिविरको आयोजना गरिएको सामुदायिक अाँखा केन्द्र फाप्लुका नेत्र अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार