नेचासल्यानलाई (एफआईडिआर)जापानको स्वास्थ्य सामाग्री सहयोग

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई कोरोना नियन्त्रण तथा रोकथाममा प्रयोग गरिने स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

एक्सन यूथ नेपालको समन्वयमा फाउण्डेशन फर इन्टरनेशनल विकास तथा राहत परियोजना (एफआईडिआर)जापानले अक्सिजन कन्सन्ट्रेटर ३ थान (१० लिटर), एन्टिजेन किट ५ सय थान, पिपिई एक सय थान, पल्स अक्सिमिटर १० थान गरि १० लाख भन्दा बढि रकमको स्वास्थ्य सामाग्री नेचासल्यानलाई उपलब्ध गराएको हो ।

यी सामाग्री आज एक कार्यक्रमको आयोजना गरि परियोजनाका देशीय प्रतिनिधि केइको मइडरले गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलालाई हस्तान्तरण गरेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

फाउण्डेशन फर इन्टरनेशनल विकास तथा राहत परियोजना (एफआईडिआर)जापानको आर्थिक सहयोगमा एकसन यूथ नेपालले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा कृषि र शिक्षा क्षेत्रमा काम शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार