रुपक डोटेलको साथमा सांगितिक साँझ हुने

काठमाण्डौँ – किवानिज क्लब अफ काठमाडौँ नेपालय ललितपुरको आयोजनामा सांगितिक साँझ २०७८ हुने भएको छ ।

विज अटिजम फाउन्डेशन नेपालको स्थापनार्थ एबम अटिजम भएका बालबालिकाको सहयोगार्थ काठमान्डौको सुकेधारा स्थित युनिभर्सल क्याफेमा कार्यक्रम हुने भएको हो ।

शनिबार साँझ ४ बजे देखि हुने कार्यक्रममा चर्चित गायक रुपक डोटेल, सिर्जु अधिकारि, रमेश सापकोटा लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

विशुद्ध सामाजिक सेवा र अटिजम भएका बालबालिकाहरुको सहयोगार्थ हुने कार्यक्रममा विजयादशमीको शुभकामना आदान प्रदानका साथै डिजे सेसन, नृत्य लगायतका मनोरंजन कार्यक्रम रहने क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार