‘मायाले बोलायो किन’मा सृजना र लोमसको छमछमी (भिडियो)

  हिमाल समाचार
91 Shares

काठमाण्डौँ – बिमा शारु मगर र कृष्ण केसीको दोहोरी गीत ‘मायाले बोलायो किन’सार्वजनिक गरिएको छ ।

गीत लोक चौतारी यूटुवबाट डिजिटल बजारमा पठाइएको छ । प्रयास कुँवर मगरको सृजनामा तयार भएको गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका छन् ।

भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका छन् । श्रेष्ठको निर्देशनमा लोमस शर्मा र सृजना किराँती नाचेका छन् । मोडल किराँती सोलुखुम्बु सोताङकी हुन् ।

रामकृष्ण चौलागाईले खिचेको भिडियो संगीत बानियाँले सम्पादन गरेका हुन् ।

गीत विशुद्ध माया पिरतीमा आधारित छ । भर्खर माया बस्न खोजेको मोडलाई गीतको विषय बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार