राई मुलघर सेवा समाजको अगुवाइमा तीन आश्रममा राहत वितरण

  हिमाल समाचार
112 Shares

काठमाडौं – सामाजिक संस्था राई मुलघर सेवा समाजको नेतृत्वमा तीन आश्रमका सयौँलाई राहत वितरण गरेको छ ।

बुधबार समाजको अगुवाईमा दुई बाल आश्रम संयुक्त अपाङ्ग एकता आवाज केन्द्र, नयाँ जीवन नेपाल र बृद्धाआश्रम निःसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका करिब २५० जनालाई लत्ताकपडा, खाद्यान्न, स्टेशनरी, भाडावर्तन लगायतको सामाग्री वितरण गरेको छ ।

राहत वितरणमा समाजलाई शेर्पा सेवा समाज, हेल्पिङ हेन्ड्स, पोख्रेली ग्रुप र युनिटी अफ फ्यामिली ग्रुपले समेत साथ दिएको समाजकी अध्यक्ष मेनुका राईले जानकारी दिइन् । ‘जहाँ–जहाँ भोका–नाङ्गा, असहाय र दुखी–पीडित छन् त्यहाँ हामी पुग्ने कोशिस गर्छौं’ अध्यक्ष राईले थपिन्, ‘तपाईंहरु साथ दिनुहोस्, अब हामी छिट्टै चेपाङ बस्ती पुगेर राहत बितरण गर्नेर्छौं ।’

पाँचै वटै संस्थामा आवद्ध सल्लाहकार, पदाधिकारी एवम् सदस्यहरु विभिन्न देशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु संग नजिक रहेकाले सहयोग रकम संकलन र सामाजिक कर्ममा सहज भएको अध्यक्ष राईले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार