सल्लेरीमा भिडभाड

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु – दशै सुरु भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा भिडभाड बढेको छ ।

चाडबाडको समयमा तरकारी लत्ताकपडा, खसी, कुखुरा, खाद्यन्न लगायतका उपभोग्य सामाग्री खरिद गर्नेहरुका कारण शनिबारे हटियामा भिडभाड भएको हो ।

अघिल्ला साप्ताहिक हाटको तुलनामा शनिबारे हटियामा आज ५० प्रतिशत भन्दा बढि मानिस किनमेलका लागि पुगेका थिए । बजारमा पुग्ने व्यवसायी तथा उपभोक्ताले स्वास्थ्य सावधानी नअपनाउँदा भने कोरोना संक्रमणको जोखिम बढाएको छ ।

बजारमा पुग्ने अधिकांशले मास्क लगाएका थिएनन् । कोरोना संक्रमण कम हुँदै गएको कारण पनि सावधानी नअपनाएको स्थानियहरु बताउँछन् ।

यद्यपी, विगतका वर्षको तुलनामा दुई वर्ष यता व्यापार खस्किएको व्यापरीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार