सोताङमा ७५ जना माओवादी प्रवेश

  हिमाल समाचार
567 Shares

सोलुखुम्बु – सोताङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले दशैं तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

सोताङ पालिका कमिटि अध्यक्ष दुर्गा राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७५ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेको जिल्ला सचिव असिम राईले जानकारी दिए ।

कार्यक्रममा माओवादी जिल्ला अध्यक्ष गोम्बु शेर्पा कज्र्याङ, महाकुलुङ गाउपालिका अध्यक्ष सागर किराँती लगायत जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो । सो अवसरमा पार्टीका जिल्ला स्तरका नेताहरुले पछिल्लो राजनैतिक अवस्थाका बारेमा धारणा राखेका छन् ।

माओवादी केन्द्रले पछिल्लो समय जिल्लामा संगठन विस्तारको कामलाई तिब्रता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार