आज महाअष्टमी : दुर्गाभवानीको पूजाआराधना गरी मनाइँदै

  हिमाल समाचार
105 Shares

काठमाण्डाै – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ ।

दशैँको आठौँ दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालीकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।

यस्तै नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत देशभरका विभिन्न शक्तिपीठमा पनि दर्शनार्थीको भीड लाग्ने गर्छ ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा हुने विशेष कालरात्रि पूजा हुन्छ । आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई सरसफाइ गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार