नेपाली काँग्रेस सोलुखुम्बुको संगठन विस्तार तिब्र, फुर्केमा नवप्रवेशीहरुलाई स्वागत

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान ३ (साविकको नेचाबेतघारी ३) मा ठग प्रसाद कटेलको नेतृत्वमा टोलसमिति गठन गरिएको छ । कार्तिक ९ गते नेपाली काँग्रेस नेचासल्यान ३ नम्बर वडाको आयोजनामा भेला गरि १७ सदस्यीय टोल समिति गठन गरिएको हो ।

समितीको उपसभापतिमा टेक बहादुर विक र सचिवमा युवराज कटेल, सहसचिवमा सुशिला विक तथा कोषाध्यक्षमा शान्ता शर्मालाई चयन गरिएको छ । नेपाली काँग्रेस नेचासल्यान गाउँपालिकाका सभापति नीर कुमार शर्मा, वडा सभापति होम प्रसाद बास्तोला (राम) पुर्व पार्टी सचिव चन्द्र आचार्य, युवा नेताहरु लोचन शर्मा, सन्तोष कटेल, हेम राज शर्मा, लगायतका नेताहरुको उपस्थितीमा वडा समिती गठन गरिएको हो ।

यसैवीच, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ फुर्केमा विभिन्न पार्टी परित्याग गरि दर्जन बढि कार्यकता नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेस नेता प्रकाश सिंह कार्कीले पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा महासमिति सदस्य शम्भुहरी बास्तोला, जिल्ला सचिव धनजन राई, नेचासल्यान सभापति नीर कुमार शर्मा, नेचासल्यान ४ सभापति विष्णु बास्तोला, नेताहरु दिनराज बास्तोला, जस कुमार राई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार