नेचामा एक विद्यालयमा आईसिटि सहयोगार्थ महाज्ञान यज्ञ सुरु

  हिमाल समाचार
378 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचा स्थित जालपा आधारभुत विद्यालयमा आईसिटि सहयोगार्थ श्रीमद् भागवत सप्ताह महाज्ञान यज्ञ सुरु भएको छ ।

नेचासल्यान ४ स्थित जालपा आविका स्वर्गीय दाताहरुको सम्झना र आईसिटि कक्षा सहयोगार्थ महाज्ञान यज्ञ सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरवीरले समाजिक मनोभावनालाई एकिकृत गर्दै सप्ताह मार्फत दान प्रदान गरेर सहयोग गर्न अपिल गरे ।

सांसद राईले फरक प्रसंगमा ग्रामिण विद्युतिकरणको कामलाई तिब्र गतिमा अघि बढाईएको बताए । उनले सोलुखुम्बु जिल्ला प्राकृतिक सम्पदाले भरिपुर्ण भएपनि भौतिक पुर्वाधारको विकास नहुँदा पछि परेको बताए । आफु निर्वाचित भएपछि विकासका कामलाई अघि बढाएको बताए ।

गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले सुचना र प्रविधिको युगमा प्रविधि सँगै नजिक रहेर अध्यापन गराउनका लागि आयोजना गरिएको पुराणले समाजमा सहिशुष्णता, सद्भाव र सामाजिक भावनाको विकास गराउने बताए । अध्यक्ष बास्तोलाले ५ हजार भन्दा बढि रकम भेटि स्वरुप प्रदान गरेका छन् ।

कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक रोहित प्रसाद बास्तोलाले ४ सय बर्गमिटर जग्गा विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका छन् । ओखलढुंगाको चिशंखुगढि गाउँपालिका ५ शेर्नाका श्याम कोईरालाले पनि विद्यालयको सिमानामा १ सय वर्गमिटर जग्गा दिने बताएका छन् ।

१०८ कलश यात्राबाट सुरु गरिएको सप्ताह पुरानको उदघाटन कार्यक्रममा राष्ट्र तपस्सी राम बाबा फडिन्द्र प्रसाद बास्तोला जगां दाता अक्षकोष दाता चन्दा दाता लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज राईको अध्यक्षतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको सहकर्मी धनकुमार ढुंगेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार