कांग्रेस सोलुको प्रदेश सभा निर्वाचनको पछिल्लो मत परिणाम

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ महाधिबेशन अन्तरगत सोलुखुम्बु प्रदेश सभाको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रदेश ‘क’ मा २५० मत गणना हुदा उम्मेदवार धनजन राईले १५० मत प्राप्त गर्दा अर्का उम्मेदवार  रोशन थुलुङको ९१ मत रहेको जिल्ला निर्वाचन अधिकृत कैलास गुरुङले जानकारी दिए ।

प्रदेश सभा ‘ख’ मा उम्मेदवार कर्मा शेर्पाले १२० मत प्राप्त गर्दा अर्का उम्मेदवार प्रेम थापा मगरको ८० मत रहेकोे निर्वाचन अधिकृत गुरुङले बताए । प्रदेश ‘क’ मा ४३६ मत र ‘ख’मा ४३२ मत खसेको थियो । मतगणना जारी छ ।

प्रदेश ‘क’ मा पुर्वमन्त्री बल बहादुर केसी पक्ष र प्रदेश सभा ‘ख’ मा पुर्व पार्टी सभापति आङगेलु पक्षका उम्मेदवारले अग्रता हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार