एक महिनामा तीन हजार बढि पर्यटक खुम्बु भित्रिए

  हिमाल समाचार
427 Shares

सोलुखुम्बु – खुम्बु क्षेत्रमा कार्तिक महिनामा ३ हजार भन्दा बढि पर्यटक भित्रिएका छन् । सगरमाथा राष्ट्रिय निकुन्जका अनुसार कार्तिक महिनामा एक महिनामा ३ हजार ७६५ पर्यटक खुम्बु आएका हुन् ।

जसमा नेपाली पर्यटक मात्रै एक हजार ३९० पुगेका छन् । सार्क राष्ट्रका ४६३ र विदेशी पर्यटक १ हजार ९१२ जना खुम्बु आएको सगरमाथा राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी विष्णु रोकायले जानकारी दिए । कार्तिक महिनामा आएका पर्यटकबाट निकुन्जले लाखौ राजस्व संकलन गरेको छ ।

नेपाली पर्यटकबाट एक लाख ३९ हजार, सार्क राष्ट्रका पर्यटकबाट ६ लाख ९४ हजार ५ सय र विदेशी पर्यटकबाट ५७ लाख ३६ हजार राजस्व संकलन भएको छ । निकुन्जले नेपाली पर्यटकबाट प्रति पर्यटक एक सय, सार्क राष्ट्रका पर्यटकबाट १५ सय र विदेशी पर्यटकबाट ३ हजारका दरले प्रवेश शुल्क लिदै आएको छ ।

त्यस्तै, स्प्रिङ सिजनमा खुम्बुमा भ्रमणका लागि आएका पर्यटक फर्किन थालेका छन् । चिसो बढेसँगै भ्रमण सकेर उनीहरु हवाईजहाज मार्फत काठमाण्डौ फर्किन थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार