भलिबल प्रतियोगीताको उपाधि निश्चन निशानी र ओखलढुंगाले जित्यो

  हिमाल समाचार
595 Shares

सोलुखुम्बु – सोलुखुम्बु जारी जिल्लास्तरिय अन्तर पालिका स्तरिय पुरुष भलिबलको उपाधि निश्चल निशानी निर्माण सेवा सोताङले हात पारेको छ ।

सल्लेरीमा विहिबार भएको फाईनल खेलमा नेचासल्यान गाउँपालिकालाई हराउदै निश्चल निसानीले जित हात पारेको हो । नेचासल्यान गाउँपालिकाले दोस्रो स्थानमा चित्त बुझाएको छ । स्टार युथ क्लबको स्थापना दिवसको अवसरमा आयोजना भएको भलिबल प्रतियोगिताको तेस्रो स्थान टाप्टीङले ओगटेको छ ।

त्यस्तै प्रदेश १ स्तरिय महिला भलिबल प्रतियोेगिताको फाईनलमा खेलकुद विकास समिति खोटाङलाई पछि पार्दै ओखलढुंगाले उपाधि जितेको छ । खोटाङको टिम दोस्रो बनेको छ । थुलुङ दुधकोशी गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ ।

पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुने दुवै समूहको टिमलाई समान राशीको पुरस्कार क्रमश : १ लाख ५० हजार, १ लाख र ५० हजार नगद प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार