सोलुखुम्बुमा माओवादी पार्टी लोकप्रिय बन्दैछ : सुरवीर

नेचासल्यानबाट ९४ जना माओवादी प्रवेश

  हिमाल समाचार
539 Shares

सोलुखुम्बु – नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले सोलुखुम्बुमा माओवादी पार्टी लोकप्रिय बन्दै गएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र नेचासल्यानको सम्मेलनको उद्घाटन गर्दै जिल्लामा अन्य राजनितिक दलले माओवादी सँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्दै आगामी चुनावमा जनताको लोकप्रिय पार्टीको रुपमा स्थापित बन्ने बताए । आफु निर्वाचित भएपछि जिल्लामा विकासको लहर सुरु भएको बताए ।

कार्यक्रममा माओवादी केन्द्र सोलुखुम्बुका जिल्ला समन्वय समिति संयोजक गोम्बु शेर्पा, प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली ( धुर्ब), जिल्ला कार्यालय सदस्य हिमाल गिरी, जिल्ला समन्वय समिति सचिव तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराति, जिल्ला समन्वय समितिका सह–संयोजक धर्मराज बन लगायतका नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ९४ जना माओवादी पार्टी प्रवेश गरेका छन् । उनीहरु एमाले, काँग्रेस पार्टी परित्याग गरि माओवादी पार्टी प्रवेश गरेको सांसद राईका सचिवालय सदस्य भुपेन कटेलले जानकारी दिए । सम्मेलनले माओवादी केन्द्रको पालिका अध्यक्ष सहितको नेतृत्व चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार