२३ जना विदेशी नागरिक नाका छली नेपाल प्रवेश

  हिमाल समाचार
77 Shares

काठमाडौं– नेपालमा भिसा नलिएर प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । पछिल्लो चार वर्षमा २३ जना विदेशी नागरिक नाका छली नेपाल प्रवेश गरेको पाइएको अध्यागमन विभागले जनाएको छ । भुटानी र तिब्बती शरणार्थीलाई मात्र नेपालले मान्यता दिएको छ । तर, पछिल्लो वर्षहरुमा विभिन्न देशका नागरिक नाका छली नेपाल प्रवेश गर्ने गरेका छन् ।

अध्यागमन प्रवक्ता झंकनाथ ढकालले सन् २०१८ मा नौ जना, २०१९ मा पाँच जना, २०२० मा सात जना र २०२१ मा अहिलेसम्म दुई जना विदेश नागरिकविना भिसा नेपाल प्रवेश गरेको पाइएको उनले बताए ।

उनीहरुमध्ये कतिपय भारत हुँदै सडकमार्गबाट नेपाल प्रवेश गरेका हुन्छन् । विना भिसा र विना पासपोर्ट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई अध्यागमन ऐन २०४९ अनुसार कारबाही गर्ने गरेको प्रवक्ता ढकालले बताए  । अध्यागमन ऐनअनुसार अध्यागमनसम्बन्धी अपराधमा नेपालमा बढीमा पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार