कांग्रेस सोलुको पुनःनिर्वाचन : राम बहादुर बस्नेतको समर्थन उम्मेदवार नाम्गेल जाङबुलाई

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि मंगलबार हुने निर्वाचनमा नेता राम बहादुर बस्नेतले उम्मेदवार नाम्गेल जाङबु शेर्पालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार बनेर तेस्रो मत पाएका बस्नेतले दोस्रो चरणको निर्वाचनमा नेतृत्वमा पुस्तान्तरणका लागि उम्मेदवार शेर्पालाई समर्थन गर्ने बताए ।

हिमाल एफ.एम.संग कुराकानी गर्दै कांग्रेस नेता बस्नेतले सभापतिका उम्मेदवार विनोद बस्नेत परीक्षण भइसकेको र नेतृत्व पुस्तान्तरणका लागि जिल्ला सभापतिमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत रहेका शेर्पालाई जिताउन लागि पर्ने बताए ।

बस्नेतले भने, ‘विनोद टेस्टेट नेता हुन् । उनको कार्यकालमा खास प्रभावकारी काम भएन् । फेरि जिल्ला नेतृत्व दोहोर्याउनु कांग्रेसको हितमा छैन् । जनताको मतबाटै स्थानीय सरकारको नेतृत्वमा पुगेका शेर्पालाई जिताउनुले कांग्रेसलाई फाईदा गर्नेछ ।’उनले आम क्षेत्रीय प्रतिनिधिलाई उम्मेदवार शेर्पाको पक्षमा मतदान गर्न आग्रह गरे ।

सभापतिका लागि उम्मेदवार बस्नेत कांग्रेस नेता बल बहादुर केसी पक्षधर र अर्का उम्मेदवार शेर्पा पुर्वपार्टी सभापति आङगेलु शेर्पा पक्षधर नेता मानिन्छन् । शेर्पा कांग्रेसको संस्थापन र केसी संस्थापनइतर समूहमा रहेका छन् ।

सोलुखुम्बु कांग्रेस भित्र शक्ति सन्तुलन कायम गर्नका लागि पनि उम्मेदवार शेर्पाले निर्वाचन जित्नुपर्ने नेता बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार