टहरा निर्माण तथा काठ तस्करी प्रकरण : रेन्जर टोलीको कर्मकाण्डी प्रतिवेदन, काठ तस्करीको विषय लुकाइयो

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – मेरा पिकको बेसक्याम्प र हाईक्याम्पमा अनाधिकृत रुपमा निर्माण गरिएको टहरा अनुगमनका लागि गएको मकालु बरुण राष्ट्रिय निकुञ्जको टोली खारेबाटै फर्किएको छ । मौसम प्रतिकुलतालाई कारण देखाउदै खारे भन्दा माथि जान नसकेको भन्दै कर्मकाण्डी प्रतिवेदन बुझाएको छ ।

रेन्जरको टोलीले निकुञ्जलाई बुझाएको प्रतिवेदनमा मेरा पिकको ५७ सय मिटर उचाईमा पुग्नका लागि आरोहण इक्यूपमेन्ट नभएकाले पनि स्थलगत रुपमा अनुगमन गर्न नसकेको बताएको छ । अनाधिकृत रुपमा टहरा निर्माणको उजुरीपछि बुङ बलष्टरबाट स्थलगत अनुगमन गर्न र यर्थाथ वस्तुस्थिती समाबेश प्रतिवेदन पेश गर्न भनि निकुञ्जको संखुवासभा कार्यालयले पठाएपनि मौसम र आरोहण इम्यूपमेन्टलाई कारण देखाउनुले तयारी विनै कर्मकाण्डी अनुगमनका लागि रेन्जर नेतृत्वको टोली खारे पुगेको प्रष्ट्र पारेको छ ।

प्रतिवेदनमा टहरा निर्माणको बारेमा खारे क्षेत्रका होटल व्यवसायीलाई सोध्दा खुलेर बताउन नचाहेको विषयलाई उल्लेख गरिएको छ । प्रतिवेदनमा सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो र निकुञ्जले आर्थिक बर्ष २०७४–७५ मा तयार पारेको नौलेख तथा मेरा क्षेत्रमा अतिक्रमण गरि संचालन गरिएको होटल लजको विवरण समावेश पुस्तकको केही भाग समाबेश गरेर प्रतिवेदन पेश गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले रेन्जरको टोलीले प्रतिवेदन बुझाएको बताए ।

अहिले आफू विदामा रहेकाले मंसिर २७ पछि निकुञ्जको धारणा बाहिर ल्याउने उनले बताए । आवश्यक कारबाही प्रक्रिया समेत अघि बढाउने प्रमुख संरक्षक अधिकृत यादवले बताए । मकालु बरुण निकुञ्ज क्षेत्रमा जथाभावी काठ कटान र तस्करी गरेको विषयमा पनि बुझ्न गएका रेन्जरको टोलीले यस विषयलाई प्रतिवेदनमा समाबेश गरेका छैनन् । जस्ले गर्दा निकुञ्जका कर्मचारीको मिलेमतोको आशंकलाई थप प्रसय दिएको सरोकारवालाहरु बताउछन् । अनुगमनका क्रममा गएको टोली नै काठ तस्करीको शरणमा परेको स्थानीय स्रोतले बताएको छ ।

रेन्जरको टोलीले बुझाएको प्रतिवेदन जस्ताको तस्तै :

Pratibedan

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार