कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि मतदान शुरु

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि मतदान शुरु भएको छ । विहान १० बजे देखि शुरु हुने भनिएको मतदान भर्खर शुरु भएको हो ।

मतदानमा अपांगता, आमा, अशक्तलाई पहलिो प्राथमिकतामा राखिएको क्षेत्रिय प्रतिनिधि बाबुराम आचार्यले जानकारी दिए । पहिलो चरणको निर्वाचनमा दुवै उम्मेदवारको खसेको मतको ५० प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन मिति तय गरिएको थियो ।

९२३ क्षेत्रिय प्रतिनिधि रहेको सोलुखुम्बुमा कांग्रेस सभापतिका लागि निर्वतमान पार्टी सभापति विनोद बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा चुनावी प्रतिस्प्रर्धामा छन् ।
पहिलो चरणको निर्वाचनमा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत ल्याएका थिए । त्यसबेला ८८३ मत खसेको थियो । यो पटक मतदाता थपिने अनुमान गरिएको छ ।

विनोद टेष्टेट नेता हुन् भने शेर्पा जिल्ला नेतृत्वका लागि अनटेष्टेट छन् । जिल्लाको हकमा बस्नेत कांग्रेस नेता बल बहादुर केसी र शेर्पा पुर्वपार्टी सभापति आङगेलु शेर्पा पक्षधर मानिन्छन् । केन्द्रमा शेर्पा संस्थापन पक्ष र केसी संस्थापनइतरको समूहमा छन् ।

यसैबीच, पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार राम बहादुर बस्नेतले आज हुने निर्वाचनमा उम्मेदवार शेर्पालाई समर्थन गरेका छन् । नेतृत्वमा पुस्तान्तरणका लागि पनि उम्मेदवार शेर्पालाई समर्थन गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार