एमालेकाे मतगणना जारी, ओलीले लिए अग्रता

चितवन- एमालेकाे मतगणना चलिरहेकाे छ । महाधिवेशनमा अध्यक्षका दुई प्रत्यासी छन्। वर्तमान अध्यक्ष केपी शर्मा ओली र भीम रावल अध्यक्षको प्रतिस्पर्धामा छन्।हालसम्मकाे गणना अनुसार  नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले अग्रता लिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत हुँदा उपाध्यक्षमा ६ जनाका लागि ७ जना प्रतिस्पर्धामा छन्।

यस्तै, महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन्। उप महासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत भएका छन्।

सचिवमा ७ जनाका लागि ९ जनाबिच प्रतिस्पर्धा हुनेछ।

यस्तै, खुला केन्द्रीय सदस्य पुरुषतर्फ ८४ जनाका लागि १०० को उम्मेद्वारी परेको छ। भूगोतर्फ प्रदेश १ मा पुरुष र महिला दुवै क्लष्टरको चुनाव भएको छ। यस्तै, सुदूर पश्चिममा महिला क्लष्टरमा पनि चुनाव भएको छ। समावेशीतर्फ दलित, थारु क्लष्टरमा पनि चुनाव भएको छ।

निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अहिले सबै पदको गणना भइरहेको र साढे ३ बजेसम्म एकैपटक सबै नतिजा सार्वजनिक गरिने बताए । नवनिर्वाचित सदस्यहरूको सपथग्रहण ४ बजे तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार